मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Wednesday, 18 December, 2024
२o७९ बैशाख ३१ शनिबार ११:o९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धुलिखेल–१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित, नगरप्रमुखमा बागीको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार ११:o९:oo

काभ्रेको धुलिखेल नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्। निर्वाचन कार्यालय धुलिखेलका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर तामाङ विजयी भएका हुन्। यद्यपि, घाषणा हुन भने बाँकी नै छ।

कांग्रेस उम्मेदवार सन्तबहादुरले ५ सय ७३ मत प्राप्त गर्दा एमालेका बाबु तामाङले ४ सय ६७ मत प्राप्त गरेका छन्। एमालेका बाबुलाई १ सय ६ मतले पछाडि पादै सन्तले कांग्रेसको तर्फबाट काभ्रेमा खाता खोलेका छन्। कुल १ हजार ६ सय १ मतदाता रहेकोमा एक हजार २ सय ६९ मत खसेको थियो।

यस वडाबाट स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ज्रेवा चिन्हमा ५ सय ७२ मत प्राप्त हुँदा एमालेका अशोक ब्याञ्जुले ४ सय ६७ मत मात्रै प्राप्त गरेका छन्। यस वडामा एमालेका ब्याञ्जुलाई स्वतन्त्र उम्मेदवार बस्नेतले १ सय ५ मतले पछि पारेका छन्।

उपमेयरमा यस वडाबाट कांग्रेस उम्मेदवार निराजन जंगमले ५ सय ८७ मत प्राप्त गरेका छन् भने एमालेका लालताराले ४ सय ८२ मत प्राप्त गरेकी छिन्। अघिल्लो निर्वाचनमा यस वडा एमालेले जितेको थियो।