डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिकासहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरु भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हरिप्रसाद पंगेनीले जानकारी दिए ।
अन्य दुई पालिकामा पनि आजै मतगणना सुरु हुनेछ । भागेश्वर गाउँपालिकामा आज बिहान १० बजेपछि सुरु हुने भएको सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताए । अजयमेरू गाउँपालिका–२ चमडामा विवाद रहेको जनाइएको छ ।
गन्यापधुरामा ४०० मतगणना गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता लिएका छन् ।