१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनका दिन स्याङ्जाको वालिङ डुब्याे शोकमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:१६:oo

स्याङ्जाको वालिङ नगरपालिका–१४, पञ्चमूल अर्चलबासमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परि १४ जनाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहान १० ः २० बजे ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट झन्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो । 

स्थानीय तहको निर्वाचनमा मतदान गर्न सिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जिप सडकबाट खसेको थियो । वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडा नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । निर्वाचनको दिन भएकाले प्रहरी जनशक्ति कम हुँदा उद्धारमा कठिनाइ भएको थियो ।  

दुर्घटनामा परी ज्यान गुमाउनेमा नगरपालिका–१४ पञ्चमूल अर्खलबासका ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

पोखरा पठाइएका घाइतेहरूमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबासकी बेलमाया कुँवर, चालक भूलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवर रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।
 

ad
ad