मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३० शुक्रबार १३:३६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धनकुटाको सहिदभूमिमा गठबन्धन र एमालेका प्रतिनिधिबीच विवाद भएपछि मतदान स्थगित 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १३:३६:००

मतदान प्रक्रियाको विषयमा पाँचदलीय गठबन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी माविको मतदान प्रक्रिया स्थगित भएको छ ।

मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताए । उनका अनुसार

भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेका बेला अचानक मतदानस्थल बाहिर होहल्ला तथा हुलदंगा भएपछि मतदान स्थगित भएको हो । स्थगित हुनुभन्दा अघिसम्म तीनवटै केन्द्रमा २० प्रतिशत भोट खसेको थियो ।

भोट हाल्न नसक्ने अशक्त तथा ज्येष्ठ नागरिक व्यक्तिको हकमा इच्छाइएको एक जना मात्रै व्यक्तिले भोट हाल्ने सहमति भए पनि एकै व्यक्तिले चारजनासम्मको भोट हालिदिएपछि गठबन्धनका प्रतिनिधिहरूले विरोध जनाएका थिए । सामान्य विवादका क्रममा वडाध्यक्षका उम्मेदवार हेमकुमार राईले गठबन्धनका प्रतिनिधिहरू रामप्रसाद राई र नरेश राईलाई हातपात गरेको गठबन्धनको आरोप छ । 

मतदान प्रक्रिया स्थगित भएपछि अहिले दुवै पक्षका प्रतिनिधिहरूलाई राखेर सर्वदलीय बैठक बसी रहेको निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकाकारी जयराम श्रेष्ठले बताए ।