Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख ३० शुक्रबार ११:५३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेश सरकारद्वारा सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार ११:५३:००

बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीका लागि विदेश भ्रमणमा रोक लगाएको छ। कोभिडपछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ।

यहाँको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको जनाएको छ। ती कार्यक्रममा सहयोग गर्न सबै सरकारी अधिकारीलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ। अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमण सबै प्रकारका हाललाई रोकिएको जनाएको छ।

यहाँको केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यकबाहेकका वस्तुहरू आयातमा पनि रोक लगाएको छ। यहाँको केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययितासम्बन्धी कार्यक्रम ल्याएको थियो। सो कार्यक्रममा सरकारी अधिकारीहरूले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरूको आयातमा रोक लगाइएको छ।

यहाँको सरकारले वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको भन्दै यहाँ खाद्यान्नसहितको अत्यावश्यकबाहेकका अरू सामानहरूको आयातमा रोक लगाइएको बताइएको छ। रासस/सिन्ह्वा