१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Friday, 27 September, 2024
२o७९ बैशाख ३० शुक्रबार १o:३५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रुकुम पश्चिमको सुन्दरपानीमा एक घण्टापछि पुनः मतदान सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १o:३५:oo

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ को सुन्दरपानी ‘ख’ मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ। सुरक्षा व्यवस्था कडा बनाएर करिब १ घण्टापछि पुनः मतदान सुरु भएको हो। विवाद सिर्जना भएपछि मतदानस्थल तनावपूर्ण बनेको थियो। त्यसपछि बिहान ९ बजेदेखि मतदान स्थगित भएको थियो।

विवाद गर्ने पक्षहरूसँगको छलफलपछि सुरक्षाकर्मी थपेर अहिले १० बजेबाट मतदान सुरु भएको उक्त मतदान केन्द्रमा खटिनुभएका सहायक कर्मचारी तुल्सीराम बोहाेराले जानकारी दिए। 

माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनबीचमा विवाद सिर्जना हुँदा अवस्था तनावपूर्ण बनेको थियो। 

विवादको कारण भने खुलेको छैन। यो माओवादीबाट नगरप्रमुखका उम्मेदवार रवि केसी र कांग्रेस–एमाले गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार धीरेन्द्रकुमार बटालाको मतदान केन्द्र हो।