१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ३० शुक्रबार १o:३o:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जिम्मेवारी लिन आतुर छु : केशव स्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १o:३o:oo

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदानस्थलबाट मतदान गरेका छन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफ्नो जित पक्का भइसकेको र नयाँ जोसका साथ मेयरको जिम्मेवारी लिन आतुर रहेको बताए। उनले आफूमाथि नयाँ जिम्मेवारी आउन लागेको दाबी गर्दै आफू जिम्मेवारी लिन गम्भीर रहेको बताए। 

मेयरका उम्मेदवार स्थापितले भने, ‘मलाई नयाँ जिम्मेवारी आउँदै छ। म गम्भीर छु, बेलुकाबाट गणना सुरु हुन्छ।’ स्थापित नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार हुन्।