१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ बैशाख २९ बिहीबार ०९:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उम्मेदवारी खोसिएका मेयरसहितको उम्मेदवारी कायम गर्न सर्वोच्चको आदेश 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २९ बिहीबार ०९:१९:००

सिराहाको कल्याणपुर नगरपालिकामा जनता समाजवादी पार्टीबाट मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी दिएर खोसिएका तीनजनाको उम्मेदवारी कायम गर्न सर्वोच्च अदालतले उत्प्रेषण आदेश दिएको छ । 

सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले मंगलबार निर्वाचन आयोगको नाममा उत्प्रेषण आदेश जारी गर्दै कल्याणपुर नगरपालिकाका मेयर पदका प्रत्यासी प्रदीप साह, वडा नम्बर ५ का अध्यक्षका प्रत्यासी ओमप्रकाश यादव र वडा नम्बर १२ का अध्यक्षका प्रत्यासी गयाराम यादवको उम्मेदवारी कायम गर्न आदेश दिएको हो । 

११ र १२ वैशाखमा मनोनयनपत्र दर्तापछिको उम्मेदवारको सूची प्रकाशन, १३ वैशाखमा दाबी विरोधपछि १४ वैशाखमा प्रकाशित उम्मेदवारहरूको सूचीमा समेत उनीहरूको नाम रहेको आदेशमा उल्लेख छ ।

त्यसपछि निर्वाचन अधिकृतको कार्यालय कल्याणपुरले १६ वैशाखमा प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा हस्तलिपिमा थप गरी मेयर उम्मेदवार साहको सट्टा रामबाबु यादव, वडा नम्बर ५ का अध्यक्षका प्रत्यासीमा दीपेन्द्र यादव र वडा नम्बर १२ का अध्यक्षको प्रत्यासीमा गौरीशंकर यादवको नाम राखिएको उल्लेख छ ।