Skip This
उपत्यकामा मदिरा बिक्री गर्न निषेध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Monday, 08 July, 2024
२o७९ बैशाख २८ बुधबार o९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा मदिरा बिक्री गर्न निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o९:२५:oo

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग–अलग सूचना जारी गर्दै मंगलबार राति १२ बजेदेखि शुक्रबारसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए । जिल्लाका ६ वटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

भक्तपुरमा पनि मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्म कुनै पनि मदिरा बिक्री तथा सेवन निधेष गरेको प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले जानकारी दिइन् । मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उनले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको बताइन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि ३० वैशाखसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ । निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको भक्तपुरकी प्रजिअ शर्माले बताइन् ।
 

ad
ad
ad
ad