१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २७ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २७ मंगलबार o८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय निर्वाचनपछि  पनि गठबन्धन निरन्तर : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २७ मंगलबार o८:oo:oo

कांग्रेसले स्थानीय तहको निर्वाचनपछि पनि गठबन्धन निरन्तर रहने दाबी गरेको छ । सोमबार पत्रकार सम्मेलनमा कांग्रेसले लोकतन्त्र र संविधान बलियो बनाउन चुनावपछि पनि सत्तारूढ गठबन्धन सँगसँगै अघि जाने बताए । 

प्रवक्ता डा. प्रकाशशरण महतले सत्तागठबन्धनमा रहेका अरू दलहरूले एमालेलाई साथ दिने सम्भावना नरहेकाले गठबन्धन निरन्तर रहने जिकिर गरे । उनले गठबन्धनलाई टुटाउन एमाले अध्यक्ष केपी ओली लागिपरे पनि सम्भव नहुने बताए । 

‘हामीले गठबन्धन अगाडि बढायौँ । यद्यपि, उहाँ (ओली)ले यो रहँदैन, चल्दैन भन्नुभएको छ । हो, उहाँ त अवश्य पनि नचलोस् भन्ने चाहनुहुन्छ । हामी यसमा संवेदनशील छौँ,’ उनले भने, ‘लोकतन्त्र र संविधान बलियो पार्न कांग्रेस अहिलेको सहयात्रालाई निरन्तरता दिन तयार छ । हामीलाई विश्वास छ– हाम्रा सहयात्री दलहरू पनि त्यही मान्यताअनुसार ओलीतिर जानुहुन्न । र, यो लोकतान्त्रिक यात्रामा अगाडि बढ्नुहुनेछ ।’ प्रवक्ता महतले संविधानको रक्षा र मुलुकको विकासमा एमाले अध्यक्ष ओली असफल भएको र एमालेसँग जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताए । उनले स्थानीय कोणबाट हेर्दा पनि कांग्रेस बलियो देखिएको र राष्ट्रिय कोणबाट हेर्दा कांग्रेसको नेतृत्व नै ठीक देखिएको दाबी गरे । उनले अध्यक्ष ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका थिए ।