मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ बैशाख २६ सोमबार ११:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुरमा धारिलो हतियार प्रहार गरी कांग्रेस कार्यकर्ताको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार ११:२o:oo

नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधिको भरतपुरमा हत्या भएको छ । आइतबार बेलुकी करिब ७:३० बजे चितवनको भरतपुर महानगरपालिका– ७ मा रहेको कृष्णपुर खेलमैदाननजिक अज्ञात समूहले धारिलो हतियार प्रहार गरी अनिल परियार (कान) को हत्या गरेको हो । 

परियारको शरीरका विभिन्न ठाउँमा छुरी प्रहार भएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। भरतपुर– १२ घर भएका उनी प्रदेश प्रतिनिधि ( प्रदेश २ ख कार्यसमिति सदस्य) हुन् । 

कांग्रेस चितवन सभापति राजेश्वर खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै धारिलो हतियार प्रहार गरी अनिलको हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

‘निर्वाचनको प्रचारप्रसारमा खटिरहेका एक युवामाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले कांग्रेस चितवनलाई स्तब्ध एवं मर्माहत तुल्याएको छ,’ विज्ञप्ति भनिएको छ, ‘घटनाप्रति कांग्रेस चितवन खेद प्रकट गर्दै यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।’

खनालले विज्ञप्तिमा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयं प्रशासन हुनेसमेत भनेका छन् । प्रहरीले  घटनाको अनुसन्धान भइरहेको बताएको छ । कांग्रेसका विभिन्न संगठनहरूले घटनाको भर्त्सना गर्दै विज्ञप्ति निकालेका छन् ।