मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २५ आइतबार
  • Sunday, 13 July, 2025
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार o८:१३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दमक नगरपालिकामा दलका घोषणापत्र : गठबन्धनले भ्युटावरलाई मेडिकल कलेज बनाउने, एमालेले खबरदारी स्थल तोक्ने

Read Time : > 1 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार o८:१३:oo

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा कांग्रेस, राप्रपा र माओवादी केन्द्रसहितको गठबन्धनसँग एमालेले चुनावी प्रतिस्पर्धा गर्दै छ । नगरमा प्रजातन्त्र पुनर्स्थापनापछि भएका सबै स्थानीय निर्वाचनमा एमालेले जित निकाल्दै आएको छ । तर, यसपटक भने एमालेविरुद्ध दमकका ठूला दल एक भएका छन् । 

ओलीको गृहनगर भएका कारण पनि दमकको निर्वाचनमा राष्ट्रिय चासो छ । दमकमा एमाले र गठबन्धनका उम्मेदवारले कस्तो घोषणापत्र ल्याउँछन् भन्ने चासो छ । दमकमा लामो समय नेतृत्व गरेको एमालेले पुराना योजनालाई निरन्तरता दिने खालका घोषणापत्र निकालेको छ । एमाले र गठबन्धनको घोषणापत्रमा खासै फरक छैन, एकैखाले योजना छन् । 

एमालेले घोषणापत्रको पूर्वाधार विकास तथा निर्माण शीर्षकमा अधिकांश प्रतिबद्धता पुरानै योजनाको निरन्तरता छ । एमालेले अपूरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएको छ । प्रजातन्त्र पुनर्स्थापनापछि भएको निर्वाचनबाट दमकको नेतृत्व एमालेले नै गर्दै आएको छ । तसर्थ, एमालेले पूरा नभएका योजना पूरा गर्ने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ । 

अधुरा रहेका राष्ट्रिय गौरवको आयोजना विराट बुद्ध पार्क, मदन भण्डारी रंगशाला, दमक बसपार्क, बहुतले सिटी पार्क, नेपाल–चीन मैत्री औद्योगिक पार्कलगायत योजना पाँच वर्षभित्र सम्पन्न गर्न संघ सरकारसँग पहल गर्ने एमालेको प्रतिबद्धता छ । उसले सहरका सडक, पार्किङ स्थल, फुटपाथ निर्माणलगायतका काम गर्ने प्रतिबद्धता जनाएको छ । एमालेको घोषणापत्रमा योजना बैंक स्थापना गरी प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने उल्लेख छ ।  

एमालेले सकारात्मक आलोचना र खबरदारीका लागि खबरदारी स्थल बनाउने घोषणापत्रमा उल्लेख गरेको छ । ‘लोकतन्त्रको सुन्दर पक्ष आलोचना हो । आलोचनाले नै सत्तालाई सही बाटोमा हिँड्न प्रेरित गर्छ,’ एमाले दमक नगर उपसचिव सन्तोष दुलाल भन्छन्, ‘त्यसकारण घोषणापत्रमा खबरदारी स्थल बनाउने उल्लेख गरेका हौँ ।’  

गठबन्धनले दमक–३ मा निर्माणाधीन भ्युटावरलाई प्रादेशिक मेडिकल कलेजको रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । गठबन्धनले भ्युटावरलाई ‘कथित’ भ्युटावरको संज्ञा दिएको छ । विगतमा सुकुमबासी हटाएर सपिङ कम्प्लेक्स बनाउने योजना ल्याउँदा विज्ञप्ति निकालेर दमक नगरपालिकाको आलोचना गर्ने माओवादी केन्द्र पनि सामेल भएको गठबन्धनले दमक–७ स्थित खाली जग्गामा सपिङ कम्प्लेक्स बनाउने घोषणापत्रमा उल्लेख गरेको छ ।