१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल–भारत सीमा अपराध नियन्त्रणमा समन्वय गर्ने सहमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:५४:oo

नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच दार्चुला सीमामा हुने अपराध नियन्त्रणमा समन्वय गर्ने सहमति भएको छ। दार्चुला र पिथौरागढ जिल्ला धारचुला तहसिलका अधिकारीबीच दार्चुला सदरमुकाम खलंगामा भएको बैठकले सीमा सुरक्षा र अपराध नियन्त्रणमा समन्वय गर्ने सहमति गरेको हो।

निर्वाचनका वेला र अन्य वेला पनि सीमा क्षेत्रमा अपराधका घटना हुन सक्ने भन्दै दुवै देशका सुरक्षा अधिकारीबीच समन्वय गरेर अघि बढ्ने विषयमा सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी गराए। उनले सीमा क्षेत्रमा लागुऔषध ओसारपसारका घटना रोक्न दुवै देशका सुरक्षाकर्मीबीच समन्वय गर्ने निर्णय भएको जानकारी दिए।

बैठकमा नेपाली टोलीको प्रमुख जिल्ला अधिकारी उपाध्याय तथा भारतको धारचुलाका एसडिएम नन्दन कुमारले नेतृत्व गरेका थिए। बैठकमा दुवै जिल्लाका सुुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो। भारतसँग सीमा जोडिएको लेकमको लालीदेखि व्यासको सीतापुलसम्म आपसी सहमतिमा सीमा सुरक्षामा ध्यान दिने विषयमा सहमति भएको हो।

धारचुलाका एसडिएम नन्दन कुमारले दुवै देशको सुरक्षा निकायबीच समन्वय गरेर सीमामा हुने गतिविधि नियन्त्रण गरिने बताए। ‘अहिले पनि दुवै देशका सुरक्षाकर्मीबीच समन्वय भइरहेको छ, पत्रकार सम्मेलनमा उनले भने, ‘अझै दुवैतर्फको सम्बन्धलाई मजबुत बनाउँदै लैजान्छौँ।’

सीमा नाका ७२ घण्टा बन्द हुने
दार्चुलामा भारत पिथौरागढसँग जोडिएका सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सीमा नाका बन्द गरिने भएको हो। नेपाल–भारतका सुरक्षा अधिकारीहरूबीच खलंगामा शनिबार भएको सीमा समन्वय बैठकले नेपालमा हुन गइरहेको निर्वाचनको लागि सीमा बन्द गर्ने विषयमा सहमति गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए।

सीमा नाका वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्मका लागि बन्द हुनेछ। भारतमा निर्वाचन हुँदा पनि सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने गरिएको छ।

ad
ad