१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २४ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २४ शनिबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २४ शनिबार १५:४o:oo

नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो।

सिञ्चित जमिन कम भएकाले पनि खाद्यान्न उत्पादन गर्न सहज अवस्था नरहेको परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए। उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे। भण्डारीले सिँचाइका लागि छुट्याएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको पनि स्मरण गराए ।

‘सिँचाइ मन्त्रालयमा जाने पैसा सिँचाइको एरिया बढाउन होइन कि तटबन्ध निर्माणमा खर्च हुन्छ। यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाइको एरिया बढाउने काममा समस्या छ। सिञ्चित जमिन नबढाई उत्पादन बढाउन सकिँदैन,’ कार्यकारी निर्देशक डा. भण्डारीले भने।

नार्कले हालसम्म ८० वटा बस्तुबालीका ७२३ जातकाे विकास गरी कृषकको खेतवारीमा पुगेको पनि जनाएको छ। त्यसैगरी, माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा तीन महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको पनि डा. भण्डारीले जानकारी दिए ।

ad
ad
ad
ad