१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २३ शुक्रबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

गोप्य रूपमा उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन अधिकृतलाई आयोगको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १८:५२:oo

निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारले गरेको खर्चबारे सूक्ष्म अनुगमन गर्न लगाई उम्मेदवारले गरेको खर्च विवरण आयोगमा पठाउन सम्बन्धित पालिकाका निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । उम्मेदवारले गरेको खर्च विवरणको वास्तविकता तथा विश्वसनीयता सहज रूपमा परीक्षण गर्नका लागि आयोगले यस्तो निर्देशन दिएको आयोग प्रवक्ता शालिग्रम शर्मा पौडेलले बताए । 

‘निर्वाचन प्रचारप्रसारको सम्बन्धमा हुने महत्वपूर्ण खर्चको विवरण पहिले नै संकलन गर्दा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएपछि पेस गर्ने निर्वाचन खर्चको विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकोले सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउने निर्वाचन खर्चको विवरण तथा आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताले पेस गर्ने प्रतिवेदनसँग समेत भिडाई विश्लेषण गर्ने प्रयोजनका लागि सम्बन्धित स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकोप्टरको प्रयोगजस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रूपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा सोसमेत गरी मतदान हुने दिन अर्थात् मिति २०७९/१/३० भन्दा अगावै गोप्य रूपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ । 

निर्वाचन आयोग ऐन, २०७३ मा निर्वाचन खर्चबारे उम्मेदवारले अनिवार्य रूपमा आयोगमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । सोही ऐनमा उम्मेदवारले त्यसरी बुझाएको खर्च विवरण आयोगले मान्यता प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराउन सक्ने व्यवस्था छ ।
 

ad
ad
ad
ad