१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका विराटनगर
२o७९ बैशाख २२ बिहीबार o६:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विराटनगरमा कांग्रेसको एकल चुनावी सभा, नेताहरूले मागे गठबन्धनलाई मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार o६:५४:oo

कांग्रेसले पाँचदलीय गठबन्धनमा आबद्ध अन्य दललाई सहभागी नगरी बुधबार विराटनगरमा प्रदेशस्तरीय एकल चुनावी सभा गरेको छ । प्रदेश १ को राजधानीमा भएको सभामा कांग्रेस मोरङले गठबन्धनका अन्य दललाई आमन्त्रण नै गरेन । गठबन्धन दलमा आबद्ध जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादव पनि ढिलो गरी सभामा सहभागी भएका थिए 

कांग्रेसले साथ दिन्छ, तर धोका दिँदैन भन्ने प्रमाणित गरेर देखाउनुपर्छ : देउवा
अहिलेको गठबन्धन प्रजातन्त्रको रक्षाका लागि देशको आवश्यकता हो । यसको लक्ष्य लोकतन्त्रलाई सुदृढ बनाउने हो । यसमा कसैले पनि तलमाथि नगर्नुहोला । कांग्रेसले साथ दिन्छ, तर धोका दिँदैन भन्ने प्रमाणित गरेर देखाउनुपर्छ । यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव हुनुहुन्छ । दुवैजना पढे–लेखेका युवा हुन् । उहाँहरूलाई भोट माग्न म आएको हुँ । एमालेको दम्भ र घमन्ड परास्त गर्न गठबन्धनका उम्मेदवारले जित्नैपर्छ ।