१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २० मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २० मंगलबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन : विपुल पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २० मंगलबार १३:३४:oo

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरूले मान्न जरुरी नरहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको बताए ।  

राज्यले प्रविधिलाई मात्रै हेरेर कानुनहरू बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उनले आयोगको आचारसंहिता पत्रकारहरूले मान्न जरुरी नरहेको बताएका हुन् । उनले पत्रकारहरूको आफ्नै आचारसंहिता रहेको पनि स्पष्ट पारे । अध्यक्ष पोखरेललले राज्यले सधैँभरि प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको बताए । उनले पत्रकारितालाई श्रमको दृष्टिले पनि सबल र समुन्नत बनाउनुपर्नेमा जोड दिए ।

 कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताए । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दिगो हुने उनको तर्क थियो ।  जनताले वास्तविक कुरा थाहा पाउनेहरू समाचार बनाउन उनले आग्रह गरे । 

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले पत्रकारिता क्षेत्रमा गैरपत्रकारहरूको बाहुल्य बढ्दै गएको विषयमा सोच्नुपर्ने वेला आएको बताए ।  राज्यले पत्रकारिताको खोल ओढेर गैरकानुनी काम गरिरहेकाहरूलाई नियन्त्रण गर्ने उनले बताए । 

ad
ad
ad
ad