तारकेश्वर नगरपालिका– १ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद देवकोटाले उम्मेदवारी दिएका छन्। तारकेश्वर– १, साङ्ला घर भएका देवकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट उम्मेदवार भएका हुन्।
लामो समयदेखि राप्रपाको राजनीति गर्दै आएका उनी पहिलोपटक वडाध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन्। उनी राप्रपाको जिल्ला सदस्यसमेत हुन्। देवकोटा भन्छन्, ‘पञ्चायतदेखि नै राप्रपाको राजनीति गर्दै आएको छु। यसपटक वडाध्यक्ष भएँ भने विशेषगरी वडाको शिक्षा, स्वास्थ्य, विद्युतलगायतका क्षेत्रमा विशेष ध्यान दिन्छु।’