१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १७ शनिबार
  • Saturday, 21 September, 2024
विदुर पौडेल सिन्धुली
२o७९ बैशाख १७ शनिबार १o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीनको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
नयाँ पत्रिका
२o७९ बैशाख १७ शनिबार १o:४३:oo

सिन्धुलीको तीनपाटन गाउँपालिका १ नक्कलेमा शुक्रबार बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्  । प्रदेश बागमती–०१–०२६ च–०४५६ नम्बरकाे बोलेरा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरू तीनपाटन गाउँपालिका ९ आम्बाेटेका रामजीप्रसाद भण्डारी, कमलामाई नगरपालिका ७ की रूपा मगर रहेका छन् । एकजनाको सनाखत हुन सकेको छैन । घाइते सातजनामध्ये तीनजनाको सिन्धुली अस्पतालमा र चारजनाको तीनपाटन एकजनाकाे बेलघारी स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरिक्षक विमलराज कँडेलले बताए । 

उक्त दुर्घटनामा चालकसमेत घाइते भएका छन् । सामान बोक्ने बोलेरो भए पनि त्यसमा यात्रु र सामान  रहेकाे प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको छ । चालक सकुसल भएकाले के कारणले दुर्घटना भएको हो भन्ने छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।