१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–अमेरिका सम्बन्धका ७५ वर्ष : विदेशमन्त्री ब्लिंकेनको सन्देश– मित्रता दशकौँसम्म रहन्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:oo:oo

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नेपालसँग अमेरिकाको मित्रता दशकौँसम्म रहने बताएका छन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्विटरमा दिएको सन्देशमा विदेशमन्त्री ब्लिंकेनले नेपालले पछिल्लोपटक अन्तर्राष्ट्रिय संलग्नतासहित आर्थिक विकास र शासन व्यवस्थामा परिवर्तन गरेको भन्दै सराहना गरेका छन् ।

‘नेपालले आफ्नो शासन–व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको छ । हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौँ र मित्रताको धेरै दशकहरूका लागि तत्पर छौँ,’ ब्लिंकनले भनेका छन् ।

कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले शुभकामना सन्देश जारी गर्दै यस अवधिमा दुवै देशमा भएका परिवर्तनमा नेपाल र अमेरिका एक–अर्काको साथमा उभिँदै आएको स्मरण गरेका छन् । उनले बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउनेजस्ता कठिन समस्यासँग जुध्न पनि नेपाल र अमेरिकाबीच सहकार्य थप जरुरी रहेको उल्लेख गरेका छन् । 

‘जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्य–मान्यता नै यस बहुपुस्ताको अमेरिका–नेपाल सम्बन्धको जग हो,’ राजदूत बेरीले भनेका छन्, ‘आजको दिनमा जलवायु संकटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउनेजस्ता कठिन समस्या समाधान गर्न हामीलाई पहिलेभन्दा बढी एक–अर्काको आवश्यकता छ । यो काम हामी एक–अर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ ।’

राजदूत बेरीले कोभिड– १९ महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई ३८ लाख मात्रा खोप तथा १२ करोड ४८ लाख डलरभन्दा बढीको स्वास्थ्य सामग्री सहायता दिएको उल्लेख गरेका छन् । 

ad
ad