१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १६ शुक्रबार
  • Monday, 30 September, 2024
२o७९ बैशाख १६ शुक्रबार १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावी झन्डा र ब्यानर बोकेको अटोरिक्सा दुर्घटना हुँदा तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १६ शुक्रबार १३:१६:oo

उदयपुरको त्रियुगा नगरपालिका– १२ फुलचोकमा नेपाली कांग्रेसको  चुनावी झन्डा र प्रचार ब्यानर बोकेको अटोरिक्सा दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यका अनुसार स.१ह २५५८ नम्बरको अटोरिक्सा शुक्रबार दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

डिएसपी आचार्यका अनुसार अनियन्त्रित भई दुर्घटना भएको उक्त अटोरिक्सामा तीन बालबालिकासहित ६ जना सवार थिए। तीनैजना बालबालिका सकुशल रहेका र बाँकी तीनजना घाइते भएका प्रहरीले जनाएको छ। 

घाइते हुनेहरूमा त्रियुगा नगरपालिका १२ सगरमाथा टोलका अन्दाजी ४० वर्षीय अटोचालक हरि तिमिल्सिना, २५ वर्षीया दिलकुमारी मगर,  २७ वर्षीय सुरज मगर रहेका छन्। घाइते तीनैजनालाई उपचारका लागि विराटनगर पठाइएको छ। ‘अटोरिक्सा कुनै चुनाव प्रचारप्रसारमा हिँडेको होइन। कांग्रेसको झन्डा र ब्यानर राखेर यात्रु बोक्ने अटो रिक्सा हो,’ आचार्यले भने।