१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कपिलवस्तु
२०७९ बैशाख १६ शुक्रबार ०७:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सहकारीको १२ करोड हिनामिना गर्ने पाँचजनालाई जेल सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
२०७९ बैशाख १६ शुक्रबार ०७:३२:००

तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झन्डै १२ करोड निक्षेप हिनामिना गरेको मुद्दामा कसुरदार ठहरिएका पाँचजनालाई जेल सजाय तोकिएको छ । गत १२ फागुनमा जिल्ला अदालतद्वारा कसुरदार ठहर भएका तीनजनालाई पाँच वर्ष र दुईजनालाई तीन वर्ष कैद सजाय तोकिएको छ । 

अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले सहकारीका कर्मचारी राजेशकुमार कान्दू, कार्यकारी निर्देशक निलाफ चन्ददेव पाण्डेय र व्यवस्थापक अभिनाशदेव पाण्डेयलाई जनही पाँच वर्ष कैद फैसला भएको अदालतका इजलास अधिकृत लक्ष्मण पन्थीले जानकारी दिए । सहकारीका बचत संकलनकर्ता श्रवणकुमार गुप्ता र सुन्दरकेशव गुप्तालाई जनही तीन वर्ष कैद सजाय तोकिएको छ । गत ११ फागुनमा न्यायाधीश सापकोटाको इजलासले पाँचजनालाई कसुरदार ठहर गरेको थियो । 

१२ पुस ०७६ मा सहकारी समिति र कर्मचारी गरी ५३ जनाविरुद्ध संगठित रूपमा ठगी गरेकाे भनी मुद्दा चलेको थियो । दुई वर्षदेखि चलेको मुद्दामा पाँचजना कसुरदार ठहर भएका थिए । मुद्दामा ४५ जनाले सफाइ पाएको अदालतका स्रेस्तेदार सुमन पाण्डेयले बताए ।