१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १५ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १५ बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसियाडका लागि बक्सिङ खेलाडी छनोट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १५ बिहीबार ११:१५:oo

नेपाल बक्सिङ संघले १९औँ एसियन खेलकुद (एसियाड) प्रतियोगिताका लागि बुधबारदेखि छनोट प्रतियोगिता सुरु गरेको छ । प्रारम्भिक छनोटअन्तर्गत ५१ किलो समूहमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दिवाना शेर्मालाई नकआउटको आधारमा पराजित गरिन् । सोही तौल समूहमा आर्मीकै ललिता महर्जनले एपिएफकी निता गोसाईंलाई अंकका आधारमा हराइन् । 

अर्को खेलमा नेपाल प्रहरीकी रिता धरलाले बागमती प्रदेशकी देनिका राईलाई अंकका आधारमा पराजित गरिन् । बागमती प्रदेशकी सुष्मा तामाङले बागमती प्रदेशकी अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन् । यसैगरी, पुरुषतर्फ ५२ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका खेलाडी जयन्त मैनालीलाई ३–२ को अंकमा हराए । नेपाल प्रहरीका खेलाडी चन्द्रबहादुर थापाले बागमती प्रदेशका खेलाडी रवीन थापालाई ५–० अंकका आधारमा पराजित गरे । 

त्यसैगरी ५७ केजी तौल समूहमा नेपाल आर्मी ‘बी’का खेलाडी पुरन सुनुवारले नेपाल आर्मी ‘ए’का खेलाडी इन्द्रबहादुर सुनारबाट वाकओभर पाए । ६३ केजी तौल समूहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ‘ए’का खेलाडी लालु आले मगरले ५–० अंकका आधारमा पाखा लगाए । सोही तौल समूहमा बागमती प्रदेश ‘ए’का सुलभ मालीमाथि बागमती प्रदेशका निशान दासले ४–१ अंकको आधारमा जित हासिल गरे । 

त्यसैगरी ७५ केजी तौल समूहमा ललितपुरका साजन थिङले बागमती प्रदेशका खेलाडी बिनिस राईलाई ३–२ अंकका आधारमा हराए । लुम्बिनी प्रदेशका खेलाडी विकास राना मगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५–० अंकका आधारमा हराए । 

ad
ad
ad
ad