१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१० लाख डाउन पेमेन्टमा स्कोडा कुसक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१९:oo

नेपालका लागि स्कोडाको आधिकारिक आयातकर्ता एमएब्लू इन्टरप्राइजेजले नयाँ योजना ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अस्योरेन्स’ घोषणा गरेको छ । यस योजनामा ग्राहकहरूले १० लाखको डाउन पेमेन्टमा स्कोडा कुसक खरिद गर्न सक्नेछन् । साथै, गाडीको दुई वर्षको निःशुल्क आवधिक सर्भिसिङ पाउनेछन् ।

एमएडब्लू इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना विशेष गरी एसयुभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो । स्कोडा कुसक नेपालमा तीन फरक भेरियन्ट एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध छ । यसमा अवार्ड–विजेता नयाँ टिएसआई प्रविधिसहितको एक लिटर इन्जिन छ, जसले एक सय १५ पिएस र एक सय ७८ एनएम टर्क उत्पादन गर्छ ।

योजनामा निम्न प्रस्तावहरू छन्
-स्कोडा कुसक १० लाख डाउन पेमेन्टमा खरिद सकिन्छ 
-ग्राहकहरूले दुई वर्षको निःशुल्क आवधिक सर्भिसिङ सेवा प्राप्त गर्नेछन् ।
-सात वर्षका लागि ७० प्रतिशत ऋणमा वित्त पोषण गर्न सकिन्छ ।
-कुनै ऋण प्रशोधन शुल्कविना स्कोडा कुसक खरिद सकिन्छ ।
-ग्राहकले आफ्नो पुरानो कार स्कोडा कुसकका लागि ठाउँको ठाउँमै साट्न सक्नेछन्, जसलाई डाउन पेमेन्ट मानिनेछ ।
-ग्राहकले स्कोडा कुसकसँग निःशुल्क एसेसरिज  पनि पाउनेछन् ।

ad
ad