१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १४ बुधबार
  • Saturday, 21 September, 2024
२o७९ बैशाख १४ बुधबार o६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्यान इन्फोटेक सम्पन्न, सवा दुई लाख अवलोकनकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १४ बुधबार o६:१६:oo

७ वैशाखदेखि १२ गतेसम्म आयोजना भएको ‘आइएमई पे क्यान इन्फोटेक २०२२’ सम्पन्न भएको छ । यो संस्करणमा करिब सवा दुई लाखजना अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ । 

क्यान इन्फोटेकको स्टार्टअप र इन्नोभेसन खण्डमा रहेका २६ वटा स्टलहरूमा सबै दिन नै अवलोकनकर्ताको भिड देखिएको थियो । इन्नोभेसनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानसँग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको थियो ।  

आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्युआरको उत्कृष्ट स्टलको पुरस्कार वल्र्डलिंक कम्युनिकेसन लिमिटेड तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बिआइसी टेक्नोलोजीले प्राप्त गरेका छन् । मेलामा एक सय ७० स्टलहरू रहेका थिए । जसमा ब्रान्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेसन, आइसिटी एसेसरिज तथा प्रडक्ट लन्चिङ मुख्य खण्ड रहेका थिए ।   २७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पेले गरेको थियो भने सहप्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको थियो ।