१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १४ बुधबार
  • Wednesday, 03 July, 2024
२o७९ बैशाख १४ बुधबार o७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला संघमा लामा, रेफ्रीमा गुरुङ निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १४ बुधबार o७:४१:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको महिला संघको अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित भएकी छिन् । मंगलबार भएको निर्वाचनमा विमला पौडेललाई पराजित गर्दै अध्यक्षमा लामा निर्वाचित भएकी हुन् ।

४२ मध्ये लामाले सर्वाधिक ३६ भोट प्राप्त गरेकी छिन् । लामाकी प्रतिद्वन्द्वी पौडेलले ६ भोट मात्र प्राप्त गर्न सकिन् । यसैगरी, उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली निर्वाचित भएका छन् । यसैगरी, एन्फा रेफ्री संघको अध्यक्षमा बुद्धि गुरुङ निर्र्विरोध भए । रेफ्री संघमा श्रीराम रन्जितकार, विनोद केसी र मधुसुदन खनाल उपाध्यक्ष चयन भएका छन् । शैलेश जोशी, वीरेन्द्रबहादुर पाण्डे, नविन्द्र महर्जन, श्रवणकुमार तामाङ, प्रकाशनाथ श्रेष्ठ, प्रवीणकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ सदस्यमा निर्वाचित भएका छन् । 

मिडफिल्डर विक्रम लामा खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन् । संघमा लामा निर्विरोध निर्वाचित भएका हुन् । गोलरक्षक विकेश कुथू, मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर विराज महर्जन उपाध्यक्ष चयन भए । एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन ६ असारमा हुँदै छ । एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनअघि एन्फाअन्तर्गतको विभिन्न संघको निर्वाचन भएको हो । एन्फा केन्द्रीय निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । एन्फा निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन, ११ बी डिभिजन र नौ सी डिभिजन क्लबले मतदान दिन पाउने प्रावधान छ । 

ad
ad
ad
ad