मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७९ बैशाख १३ मंगलबार १७:२५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हुम्लाका ७ वडामा दलित सदस्यको उम्मेदवारी परेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार १७:२५:oo

आसन्न स्थानीय तहको निर्वाचनमा हुम्लाका ७ वडामा दलित महिला सदस्यको उम्मेदवारी नै परेकाे छैन। नाम्खा गाउँपालिकाको १ देखि ६ वडासम्म र चंखेली गाउँपालिकाको ५ नं वडामा दलित सदस्यबाट उम्मेदवारी नै नपरेको हो।

सात गाउँपालिका र ४४ वटा वडा रहेको हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म र चंखेली गाउँपालिकाको वडा नम्बर ५ मा दलित समुदाय नभएकाले उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ। हुम्लाका अन्य गाउँपालिकामा भने दलित महिला सदस्यको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिएका छन्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हुम्लामा १०९ जनाले मनोनयन दर्ता गराएकाे पौडेलले जानकारी दिए।