१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Saturday, 21 September, 2024
गणेश लम्साल विराटनगर
२o७९ बैशाख १३ मंगलबार १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगर महानगरको प्रमुखमा माओवादीकी शारदा मैनालीको बागी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार १४:३४:oo

विराटनगर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी शारदा मैनालीले बागी उम्मेदवारी दर्ता गराएकी छिन्। माओवादी केन्द्र विराटनगरकी सहसचिव रहेकी शारदाले सोमबार अबेर राति सुटुक्क महानगर प्रमुखमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्।

विराटनगर महानगरमा पाँचदलीय गठबन्धनबाट प्रमुखमा कांग्रेसका नागेश कोइरालाले र उपप्रमुखमा जनता समाजवादीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपाबाट प्रह्लाद साह, कांग्रेस बिपीबाट रामचन्द्र गौतम, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युञ्जय मिश्र, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझाबाट अमलेश कर्ण र संघीय लोकतान्त्रिक मञ्चबाट नागेश्वरप्रसाद सिंहले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। स्वतन्त्रतर्फबाट उमेश यादव र सक्रिय गौतमले पनि प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उपप्रमुख पदमा जसपाका अमरेन्द्र यादव, एमालेबाट शिल्पा कार्की,  लोकतान्त्रिक समाजवादीबाट  सहनाज खातुन, राप्रपाबाट बबिता आचार्य, कांग्रेस बिपीबाट माया ओझा र स्वतन्त्रबाट नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।