१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १२ सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

ललितपुरका स्थानीय तहको उम्मेदवारमा अधिकांश पुरानै अनुहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १४:oo:oo

ललितपुरका अधिकांश स्थानीय तहका उम्मेदवारमा पुरानै अनुहार दोहोरिएका छन्। ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा चिरिबाबु महर्जन पुनः दोहोरिएका छन्। उनी नेपाली कांग्रेसनिकट हुन्। पार्टीको केन्द्रीय कमिटीले सोमबार उनलाई मेयरको रूपमा उम्मेदवारको टिकट दिएको छ।

त्यस्तै, गोदावरी नगरपालिकामा पनि कांग्रेसका गजेन्द्र महर्जन र मुना अधिकारी पुनः उम्मेदवार बनेका छन्। गजेन्द्र निवर्तमान मेयर र मुना उपमेयर हुन्। सोही गाउँपालिकामा नेकपा एमालेबाट गम्भीरबहादुर लामा मेयरको उम्मेदवार बनेका छन्।

बागमती गाउँपालिकामा पनि कांग्रेसका वीरबहादुर लोप्चन दोहोरिएका छन्। उनी निवर्तमान पालिका प्रमुख हुन्। यहाँ एमालेले नवराज सञ्जेललाई उम्मेदवार बनाएको छ। यसैगरी, कोन्ज्योसोम गाउँपालिकामा पनि पुरानै जनप्रतिनिधिले आसन्न स्थानीय तहका लागि उम्मेदवारको टिकट पाएका छन्। कोन्ज्योसोममा माओवादी केन्द्रका गोपीलाल सिङ्तानलाई पालिका प्रमुखको उम्मेदवार बनाइएको छ। उनी पनि निवर्तमान पालिका प्रमुख हुन्। सोही पालिकामा एमालेबाट कृष्णमान लामालाई प्रमुख पदको उम्मेदवार बनाइएको छ।
 
त्यस्तै, महालक्ष्मी नगरपालिकामा भने नयाँ अनुहारले उम्मेदवारको टिकट पाएका छन् । महालक्ष्मीमा शिव कट्टेल गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन्। उनी माओवादी केन्द्रका हुन्। यहाँको उपमेयरमा कांग्रेसकी लक्ष्मी महर्जनलाई उम्मेदवार बनाइएको छ। महालक्ष्मीमा एमालेबाट हरिगोविन्द श्रेष्ठ मेयर र विना केसी उपमेयरको उम्मेदवार बनेका छन्।

ललितपुरको महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका गणेशबहादुर केसी प्रमुख पदका उम्मेदवार बनेका छन्। सोही पालिकामा एमालेबाट कमला तामाङलाई अध्यक्ष पदको उम्मेदवार बनाइएको छ। उनी पनि निवर्तमान उपाध्यक्ष हुन्।

ad
ad
ad
ad