१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Thursday, 27 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १२ सोमबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरमा उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १२:२१:oo

नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीको तर्फबाट उम्मेदवार टुंग्याएको छ। सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीलाई प्राप्त महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याएको हो।

पोखरा महानगरको मेयरमा धनराज आचार्य, हेटौँडा उपमहानगरको मेयरमा मीना लामा, काठमाडौं महानगरको उपमेयरमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरको उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमहानगरको उपमेयरमा चिनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर रानामगरलाई उम्मेदवार बनाउने निर्णय भएको महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्ति उल्लेख छ।

तालमेलको सहमति भएका स्थानमा सहमतिअनुसार मात्रै उम्मेदवारी दिने र बाँकी स्थानमा भने पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ।

 

ad
ad
ad
ad