लमजुङ प्रहरीले नगदसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेँसीसहर नगरपालिका- ८ नारायणस्थानस्थित डेरा गरी बस्ने विभिन्न ठाउँका व्यक्तिहरूलाई हारजितको बाजी खेल्दै गरेको अवस्थामा बिहीबार राति ९ बजेको समयमा सातजनालाई पक्राउ गरेको हो ।
लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ७ हजार ७ सय ४० रुपैयाँ, ३ बुक तास बरामद गरेको छ । पक्राउ परेका सातजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कार्कीले भने गोप्य सूचनाको आधारमा कार्यालयबाट प्रहरी टोली खटिई खानतलासी गर्ने क्रममा हारजितको बाजी राखी जुवा खेल्ने विभिन्न स्थानमा बस्ने ७ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट बिहीबारदेखि लागू हुने गरी पहिलोपटक ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।