१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अप्रत्याशित रूपमा निर्माण सामग्रीको मूल्यवृद्धि भएको भन्दै व्यवसायी धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:३८:oo

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरूमा अप्रत्याशित रूपमा मूल्यवृद्धि भएको भन्दै मूल्यवृद्धि निर्देशिका भाग– २ ल्याउन माग गरेको छ। बिहीबार महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मूल्यवृद्धि निर्देशिका भाग– २ ल्याउन माग गरेको हो।

धर्नामा सहभागी महासंघका अध्यक्ष रवि सिंहले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्माण सामग्रीको अप्रत्याशित रूपमा मूल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताए। निर्माण कार्य अघि बढाउन सरकारले अविलम्ब मूल्यवृद्धि निर्देशिका भाग– २ ल्याउनुपर्ने उनले बताए। सरकारले निर्देशिका नल्याए कन्स्ट्रक्सन होलिडेमा जानुपर्ने अवस्था आउने उनले चेतावनी दिए।

यसअघि अत्यधिक मूल्यवृद्धि हुँदा सार्वजनिक खरिद अनुगमन कार्यालयले ०६५ मा मूल्यवृद्धि निर्देशिका भाग– १ जारी गरेको उल्लेख गर्दै उनले भाग– २ ल्याउन माग गरे। महासंघले बिहान ११ बजेदेखि १२ बजेसम्म कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो। विगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले विरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ।

ad
ad