१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २४ सोमबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

 मिक्लाजुङमा यसरी बन्दै छ बुद्धमूर्ति (तस्बिरसहित)

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२८:oo

प्रदेश १ को  विकट पहाडी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिकामा देशकै ठूलो र पहिलो पित्तल धातुको बुद्धमूर्तिसहितको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मिक्लाजुङ गाउँपालिका– ४ स्थित जडिबुटे सामुदायिक वन क्षेत्रमा ३८ फिट अग्लो पित्तल धातुको शान्तिका दूत भगवानको बुद्धको मूर्तिसहितको पार्क निर्माण अन्तिम चरणमा पुगेको हो । 

मिक्लाजुङ गाउँपालिकाको प्रमुख र स्थानीयवासीको  परिकल्पनामा १७ टन पित्तल धातु मात्र प्रयोग गरिएको ३८ फिट अग्लो भगवान् बुद्धको मूर्ति निर्माण भइसकेको छ । करिब साढे तीन करोडको लागतमा चर्चित मूर्ति कलाकार नवीन सुवेदीको नेतृत्वमा एक वर्षदेखि कठिन चुनौती झेलेर कलाकारहरूले देशकै ठूलो पित्तल धातुको बुद्धमूर्ति निर्माण गरिरहेका छन् ।  

बिजुली आपूर्ति नभए पनि पित्तल धातुमा ‘ग्यास वाइलिङ’ गरेर भगवान् बुद्ध ध्यानमा बसेको देशकै पहिलो अग्लो धातुको मूर्ति निर्माणकार्य सकिएको र अब रंगरोगनको काम मात्र बाँकी रहेको मूर्तिकार तथा पार्क निर्माणका ठेकेदार कलाकार सुवेदीले जानकारी दिए । कलाकार सुवेदीका अनुसार उक्त मूर्ति निर्माण गर्न उनको नेतृत्वमा १४ जना कलाकार निरन्तर एक वर्षदेखि खटिँदै आएका छन् । 

देशकै पहिलो र अग्लो पित्तल धातुको भगवान् बुद्धको मूर्तिमा एक महिनाभित्र ६५ प्रकारको कलर (रंग) गर्ने काम पनि सकिनेछ ।सँगसँगै पार्कको सौन्दर्यीकरणको काम पनि समाप्त हुनेछ । मूर्ति निर्माणको काम सकिए पनि गाउँपालिकाले औपचारिक रूपले उद्घाटन गरेपछि मात्र सर्वसाधारणका लागि खुला गरिने गाउँपालिका अध्यक्ष अमरराज माखिमले  बताए ।  कलाकार सुवेदीका अनुसार मिक्लाजुङको जडिबुटे वन क्षेत्रको करिब पाँच कट्ठा जमिनमा  निर्माण भएको देशकै अग्लो र ठूलो पित्तल धातुको बुद्धमूर्तिसहितको पार्क पालिकाको मात्र नभएर देशकै गहना हुने बताए 

ad
ad