१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ७ बुधबार o७:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा दोहोरो अंकको सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ७ बुधबार o७:२१:oo

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से सूचक १३ दशमलव ३७ अंकले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ बिन्दुमा पुगेको हो । निरन्तर घटेको बजारमा ब्रेक लागे पनि कारोबार रकम भने बढ्न सकेको छैन । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ३२ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । 

नबिल बैंक, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको तीन करोड रुपैयाँदेखि ६ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।  नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । संस्थाको मूल्यमा निरन्तर आकर्षण बढिरहेको देखिएकाले मूल्य अझै बढ्ने अनुमानमा लगानीकर्ताको ध्यान तानिएको छ ।

मंगलबार मात्रै पहिलो कारोबारमा आएको ग्रिन भेन्चर लिमिटेडको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । मेगा म्युचुअल फन्ड, शिवश्री हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर ३ प्रतिशतभन्दा बढीले बढेको छ ।यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहको सूचक, ‘अन्य’ समूहको सूचक १ प्रतिशतले बढेका छन् भने बाँकी समूहका सूचक सामान्य बढेका छन् ।

सोमबार एक सय २५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५१ वटा कम्पनीको सेयर मूल्य  घटेको छ । दिव्यश्वरी हाइड्रोपावर, कालिका लघुवित्त वित्तीय संस्था, पु्रडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य ३ प्रतिशतदेखि ८ दशमलव ८२ प्रतिशतले घटेको छ ।

सिवाइसी लघुवित्तको आइपिओमा २२ लाखभन्दा बढीको आवेदन
सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्कासनमा ल्याएको आइपिओको अन्तिम दिनसम्ममा साढे २२ लाखभन्दा बढी आवेदन परेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ६ वैशाखसम्ममा २२ लाख ७७ हजार सात सय ४३ आवेदनबाट दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँबराबरको दुई करोड ५६ लाख ८८ हजार चार सय ५० कित्ता सेयरका लागि आवेदन परेको हो । लघुवित्तले तीन करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबरको तीन लाख ९५ हजार तीन सय ३६ कित्ता आइपिओ जारी गरेको हो ।