१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Sunday, 22 September, 2024
२o७९ बैशाख ७ बुधबार o६:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

संगमलाई भेट्रान उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ७ बुधबार o६:५७:oo

पोखराको संगम ‘बी’ले राष्ट्रिय नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधिको जितेको  छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न फाइनलमा संगमले काठमाडौंको सानो गौचरनलाई ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो । संगमको जितमा लालबहादुर खत्री, विजयी गुरुङ तथा सञ्जय गुरुङले एक–एक गोल गरेका थिए । 

खेलको २०औँ मिनेटमा लालबहादुरले संगमलाई १–० को अग्रता दिलाए । खेलको ३२औँ मिनेटमा विजयले संमगको अग्रता २–० को पारे । खेलको ३७औँ मिनेटमा सञ्जयले संगमलाई ३–० को अग्रता दिलाए । च्याम्पियन संगमले तीन लाख र उपविजेता सानो गौचरनले एक लाख ५० हजार रुपैयाँ पाएका छन् । यसैगरी, प्रतियोगितामा संगमका विजय गुरुङ सर्वोत्कृष्ट खेलाडी हुँदै २० हजार रुपैयाँ पाएका छन् । 

उत्कृष्ट स्ट्राइकरमा सानो गौचरनका शुक्र तामाङ, मिडफिल्डरमा संगमकै महेन्द्र गुरुङ, डिफेन्डरमा संगमका विष्णुलाल श्रेष्ठ, संगममा खिमबहादुर गुरुङ उत्कृष्ट गोलकिपर हुँदै जनही १५ हजार रुपैयाँ हात पारेका छन् । प्रतियोगिता अवधिभर चार गोल गर्ने बगर भाइ खलकका मनोज गुरुङ र संगम क्लबका नरेन्द्रजंग गुरुङले जनही ७५ सय रुपैयाँ पाए । सेमिफाइनलिस्ट टोलीले नगद ३० हजार रुपैयाँ पाएको आयोजकले जनाएको छ ।