१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Saturday, 28 September, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ५ सोमबार १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कास्कीमा कांग्रेसले एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार १६:३४:oo

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)सँग चुनावी तालमेल नगर्ने भएको छ। कास्की कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीसँग तालमेल नगर्ने निर्णय सार्वजनिक गरेको हो।

गठबन्धनका अन्य दलहरूसँग वार्ता र संवाद जारी रहे पनि एकीकृत समाजवादीको अस्वाभाविक दाबीका कारण चुनावी तालमेल नगर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

‘एकीकृत समाजवादीको अस्वाभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीमातहतका निकायको राय–सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरूसँग वार्ता र संवाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ।