मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख ३ शनिबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एउटा पार्टी असफल भए अर्को आउँछ, राजा फर्कने सम्भावना सकियो : कमल थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख ३ शनिबार १४:१५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको धारणा राखेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग आफ्नो कुनै गुनासो तथा वैमनश्यता नभएको बताउँदै धैर्यता रहुन्जेल राजाको ऐजेन्डा बोक्न सुझाव दिएका छन् । अब नेपालमा एउटा पार्टी असफल भए अर्को पार्टी आउने तर, राजा नफर्कने उनको धारणा छ । 

‘विभिन्न कारणवश मैले राजाको एजेन्डा छोडेँ । तीतो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो । पार्टीहरू असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ । राजा फर्कने अरू नै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए । अब असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नुहुँदैन’, थापाले लेखेका छन् ।  

राप्रपाले पनि केही समयपछि आफ्नै बाटोमा आउनुपर्ने थापाको दाबी छ । ‘अहिले गालीगलौज र आरोप खेपेर भए पनि तपाईँहरूका लागि म बलियो घर बनाएर राखिदिनेछु । पहिले पनि मैले बनाएकै घरमा तपाईँहरू आएको हो । त्यहाँ अझै केही समय रमाइराख्नोस्’ थापाले भनेका छन्, ‘राजाको माया त लाग्छ,त्यसैले राजसंस्थाप्रति मेरो सम्मान सदैव रहिरहनेछ।’