मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३ शनिबार १३:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जापानको समृद्धिको अनुभव नेपालका लागि उपयोगी : मन्त्री खड्का (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३ शनिबार १३:४६:००

परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् । नेपाल जाइका अलमनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने बताए । उनले जापानले नेपालको विकासमा पु¥याउँदै आएको सहयोग प्रशंसनीय भएको बताए । 
 
‘जापानले हामीलाई अप्ठ्यारो परेका वेलामा चाहे भूकम्पको वेलामा होस्, चाहे कोभिडको वेलामा होस् । जापानले धेरै ठूलो मानवीय सेवा उपलब्ध गराएको छ । यसका लागि पनि म जापान सरकारलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु’, मन्त्री खड्काले भने, ‘जापान गएका नेपालीहरुको ज्ञान, सीप र अनुभव उपयोग गर्नुछ । मुलुकको समृद्धि र विकासका लागि त्यो अति उपयोगी छ ।’

मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको र नेपालको विकास साझेदारीमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।