१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ३ शनिबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्डलाई पार्टीका प्रदेश इन्चार्जहरूको रिपोर्टिङ : कांग्रेसको दम्भ र एकीकृत समाजवादीका माग तालमेलमा व्यावहारिक कठिनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ३ शनिबार o७:oo:oo

माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गरेर जाने पाँचदलीय गठबन्धनको निर्णयका बाबजुत पनि कैयौँ व्यावहारिक कठिनाइ देखिएको ब्रिफिङ गरेका छन् । शुक्रबार बिहान खुमलटारमा बसेको पार्टी केन्द्रीय सदस्य तथा उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरूको विस्तारित बैठकमा स्थानीय तहमा तालमेलको कठिनाइ देखिएको बताएका हुन् । 

एक नेताका अनुसार ‘एक्लै जितिन्छ’ भन्ने कांग्रेसको दम्भ र एकीकृत समाजवादीले ‘शक्तिभन्दा धेरै सिट खोज्दा’ निर्णय कार्यान्वयनमा केही समस्या देखिएका हुन् । ‘पाँचदलीय गठबन्धनबीच चुनावी तालमेलको निर्णयले उत्साह ल्याएको छ । माहौल गठबन्धनको पक्षमा बन्दै गएको छ । तर, स्थानीय तहमा तालमेलका लागि कैयौँ व्यावहारिक कठिनाइ छन्,’ माओवादीका एक पूर्वस्थायी समिति सदस्यले भने ।

गठबन्धनबीच सिट बाँडफाँडसम्बन्धी निर्णय टुंग्याउने मिति नजिकिँदै गर्दा माओवादी नेताहरूले व्यावहारिक कठिनाइ रहेको बताएका हुन् । सत्तागठबन्धनको मंगलबार बसेको बैठकले नगरपालिको प्रमुख–उपप्रमुख र गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँडको आवश्यक निर्णय गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी ५ वैशाखभित्र केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

ad
ad
ad
ad