राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अहिलेका राजनीतिक दलबाट देश नबन्ने बताएका छन् । राप्रपा चितवनले आयोजना गरेको आमसभामा साम्बोधन गर्दै उनले अहिलेकै राजनीतिक दललाई भोट दिएर देश बन्छ भन्नु भनेको साँढेको टाङमुनि बाल्टी थापेर देश बन्छ भन्नु जस्तै भएको बताए ।
साढेको टाङमुनि बाल्टी थापेर दूध दिदैँन त्यसको धर्म दूध दिने हैन । उनले भने ‘३२ वर्षसम्म अहिलेका राजनीतिक दल र नेताले मौका पाए तर जनताले देखन पाउने र भोग्न पाउने गरेर काम गरेन । समाजको कुनै पनि पेसाको मानिस खुसी छैन । कृषकको समस्या उस्तै छ, बेरोजगारीको समस्या बढ्दो छ घोषणा पत्रमा लेख्ने तर काम नगर्ने भयो । अब विकल्प खोज्नुपर्ने वेला आएको छ ।’
लिङ्देनले अब एक चुनाव हेरौँ भनेर पर्खने समयसमेत नभएको बताए । अब पनि यिनै पार्टी र यिनै नेतालाई एक चोटी हेरौँ न भनेर भोट दिनु भनेको आफ्नो मात्र नभई भावी सन्तति र देशको भविष्यमाथि नै आघात पुर्याउने भएको लिङ्देनले भने ।