पूर्वीनवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको दुर्घटनामा बसचालकसहित २६ जना घाइते भएका हुन्।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्व आउँदै गरेको लु१ख ७८५९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ८४० नम्बरको ट्रक एक–अर्काबीच ठक्कर खाएका हुन्।
घाइतेहरूमध्ये १० जनाको चितवनको पुरानो मेडिकल कलेजमा र बाँकी १६ जनाको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।