१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३० बुधबार
  • Monday, 01 July, 2024
२o७८ चैत ३० बुधबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा फेवा महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ३० बुधबार १७:१७:oo

नयाँ वर्षको अवसरमा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा बुधबारदेखि ‘फेवा नव वर्ष महोत्सव २०७९’ सुरु भएको छ । पश्चिमाञ्चल होटेल संघ पोखराको आयोजना तथा अन्नपूर्ण केवलकार प्रालि र गोर्खा ब्रुअरीको मुख्य प्रायोजन तथा  नेपाल पर्यटन बोडको सहकार्यमा आयोजित महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका थिए । कोरोनाका कारण पछिल्ला दुई वर्षमा महोत्सव आयोजना हुन सकेको थिएन । 

महोत्सव उद्घाटन अघि लेकसाइडको खहरेचोकबाट विभिन्न जातजाति, आमा समूह, संघसंस्थासँगै देशका विभिन्न भागबाट आएका सास्कृतिक समुहको झाँकी र नृत्य सहितको र्याली अम्बोटमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर क्षेत्रको सडकमा सुरु महोत्सवको मुख्य उद्देश्य कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने रहेको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । यसअघि कोमागाने पार्कमा संचालन गरिँदै आइएको महोत्सव यस वर्ष भने पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर सडकमा आयोजना गरिएको उनको भनाइ छ ।

नेपालका मुख्य सहरहरूमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्देश्य महोत्सवको रहेको सुवेदीले बताए । 
 
 

ad
ad
ad
ad