१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २९ मंगलबार o६:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मिडिया कप फुटसलको सेमिफाइनल समीकरण पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार o६:५o:oo

पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ललितपुरको नेसनल स्पोर्टस् सेन्टरमा आयोजित प्रतियोगितामा न्युज २४ टेलिभिजन, टिम शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखाले सेमिफाइनल स्थान पक्का गरेका छन् ।

 पहिलो क्वार्टरफाइनलमा न्युज २४ ले नेपाल खेलकुद पत्रकार मञ्चलाई ५–३ ले हरायो । त्यस्तै शिलापत्रले दोस्रो क्वार्टरफाइनलमा फोटो जर्नलिस्ट क्लबलाई ४–३ ले पराजित गर्‍यो । पत्रकार महासंघ कास्की शाखाले नेपाल चलचित्र पत्रकार संघमाथि १०–२ को फराकिलो जित निकाल्यो । सो खेलमा कास्कीका पूर्ण न्यौपाने एक्लैले पाँच गोल गरेका थिए । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा महासंघको ललितपुर शाखाले नयाँ पत्रिका दैनिकलाई ४–१ ले पाखा लगायो । 

मंगलबार हुने पहिलो सेमिफाइनलमा मंगलबार न्युज २४ र कास्कीको सामना गर्नेछ । दोस्रो सेमिफाइनल शिलापत्र र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले हाम्रो सञ्चारडटकमलाई ५–३ ले हराएको थियो । न्युज २४ ले ईकागजलाई १६–० को अन्तरमा हरायो । ग्यालेक्सी फोरके टेलिभिजन अनुपस्थित भएपछि पिजे क्लबले बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।