१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २७ आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचन : उम्मेदवारका आकांक्षीसँग शुल्क नलिन कांग्रेसको परिपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार १७:४o:oo

प्रमुख सत्तारुढ दल कांग्रेसले स्थानीय तह निर्वाचनमा आकांक्षीहरूबाट शुल्क नलिन परिपत्र गरेको छ। उम्मेदवारका आकांक्षीबाट गुनासो आएपछि कांग्रेसले जिल्ला कार्यसमितिमार्फत कुनै पनि शीर्षकमा रकम नलिन निर्देशन दिएको हो। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावलीविपरीत कुनै पनि प्रकारको रकम नलिन निर्देशन गरिएको छ। परिपत्रमा पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क र लेबीबाहेक रकम उठाउन नपाइने उल्लेख छ।

‘विधान तथा नियमावलीबमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेबी) लिन, उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउनु हुन जानकारी गराइन्छ,’परिपत्रमा भनिएको छ,‘सोबाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य कुनै पनि प्रकारको रकम माग नगर्नू ।’