१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २७ आइतबार o६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सेनाले सशस्त्रलाई १० हजार थान इन्सास राइफल दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार o६:oo:oo

सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान इन्सास राइफल दिने भएको छ । आइतबार यस सम्बन्धमा दुई सुरक्षा निकायबीच सम्झौता हुँदै छ ।  गत बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सशस्त्रलाई  हतियार दिन लागेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

द्वन्द्वका वेला सेनाले भारतबाट खरिद गरी ल्याएका पुराना हतियार सशस्त्रलाई दिन लागिएको हो । इन्सास राइफल कमसल हतियार भएको भन्दै हाल विस्थापनको प्रक्रियामा छ । कार्गिल युद्धको समयमा सो हतियारका कारण भारतीय सैनिक अधिकारीले समस्या भोगेका थिए ।  

सशस्त्र द्वन्द्वका वेलामा पनि सेनाले सशस्त्रलाई इन्सास राइफल बिक्री गरेको थियो । गत साउनमा पनि सशस्त्रलाई सेनाले ६ सय थान इन्सास राइफल दिएको थियो, जुन शान्ति मिसनमा प्रयोग गरिएको थियो । तुलनात्मक रूपमा ठूलो हतियारमध्ये इन्सास राइफल कम घातक मानिन्छ । सशस्त्रलाई यस्तो प्रकृतिको हतियार प्रभावकारी हुने भए पनि केही राउन्ड फायर भएपछि समस्या आउने भएकाले कतिपय अवस्थामा समस्या हुन सक्ने एक सशस्त्र प्रहरी अधिकारीले बताए । 

गत असारमा सेनाले पुराना हतियार नेपाल प्रहरीलाई पनि दिएको थियो । पुराना हतियार नेपाल प्रहरी र सशस्त्रलाई दिएर सेनाले नयाँ खरिद गर्दै आएको छ । विवाद र चलखेलका कारण नेपाल प्रहरी र सशस्त्रले भने अत्यावश्यक हतियारसमेत खरिद गर्न सकेका छैनन् । सेनाले भने हालै अमेरिकाबाट १० हजार थान एम १६ हतियार खरिद गरेको छ । 

ad
ad
ad
ad