मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Thursday, 19 December, 2024
शशिधर भण्डारी प्युठान
२o७८ चैत २६ शनिबार १३:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तहको निर्वाचन : प्युठानमा गठबन्धनसँगै नेकपा

Read Time : < 1 मिनेट
शशिधर भण्डारी प्युठान
नयाँ पत्रिका प्युठान
२o७८ चैत २६ शनिबार १३:o६:oo

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्युठानमा आधार इलाकाक रूपमा लिइएको माण्डवी गाउँपालिकाबाट निर्वाचनमा होमिने संकेत दिएको छ। जिल्लामा छलफल जारी रहेको बताउने पार्टीले पालिकामा भने माओवादी केन्द्रसहितको गठबन्धनमा मिलेर जाने गरी सहमति गरेको हो।

माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गरेर जाने बुँदामा नेकपाका नेता तथा माण्डवी गाउँपालिका इन्चार्ज हरि बस्नेतले शुक्रबार हस्ताक्षर गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने र सत्ताधारी गठबन्धनसँगै तालमेल गरी जान नेकपा सकारात्मक देखिएको छ। 

पार्टीको सहअस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा गठबन्धन गरी लड्नेमा आफूहरू सकारात्मक रहेको नेकपाका जिल्ला सेक्रेटरी दिलबहादुर घर्ति (अजय)ले बताए। स्थानीय तहको पहिलो निर्वाचन बिथोल्ने प्रयास गरेको नेकपाले यो निर्वाचनमा आफ्ना शुभेच्छुकहरू चुनावमा उठे सहयोग गर्ने निर्णय केही दिनअघि केन्द्रीय बैठकबाट गरेको थियो।

 

*नेकपा माण्डवी गाउँपालिका इन्चार्ज हरि बस्नेत हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।