१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
प्रतिकात्मक तस्बिर ।
२o८१ बैशाख १९ बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अन्डा प्रवेशमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५३:oo

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाएको छ। बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको हो। आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए।

चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग संक्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त निर्णय गरिएको उनले बतााए। रासस

ad
ad