१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २६ शनिबार o७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चर्च ब्वाइजको कठिन जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार o७:१o:oo

एक खेलअघि नै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेड क्लबले शुक्रबार सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सरस्वती युथलाई २–१ ले पराजित गरेको छ । ए डिभिजनमा बढुवा भइसकेको चर्च ब्वाइजले च्याम्पियन शैलीमै सरस्वतीलाई हराउन सफल भएको हो । चर्च ब्वाइजले लिगमा १३ खेलबाट सर्वाधिक २९ अंक जोडेको छ । लिगमा चर्च ब्वाइजले दुई जित र दुई हारको सामना गरेको छ । 

सरस्वतीले १३ खेलबाट १७ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा खेलको २४औँ मिनेटमा विकास राईले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । खेलको ४६औँ मिनेटमा सनम धिमालले सरस्वतीलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६६औँ मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । 

यसैगरी बाँसबारी क्लबले पनि लिगको सुखद अन्त्य गरेको छ । आफ्नो अन्तिम खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबलाई २–१ ले पराजित गर्‍यो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५४औँ मिनेटमा भीष्मराज घिमिरेले बाँसबारीलाई १–० को अग्रता दिलाए । खेलको ६१औँ मिनेटमा बिक्की राईले बाँसबारीलाई २–० को स्थितिमा राखे ।

खेलको ७९औँ मिनेटमा सुवासराज गोलेले झम्सीखेललाई २–१ को अन्तरमा ल्याए । जितसँगै बाँसबारीले लिगको १३ खेलबाट १९ अंक जोडेको छ । सी डिभिजनमा घटुवा भएको झम्सीखेलले १३ खेलबाट नौ अंक जोडेको छ । यसैबीच अखिल नेपाल फुटबल संघले बी डिभिजन लिगको अन्तिम चरणका दुई  खेल दशरथ रंगशालामा गराउने भएको छ । 

ad
ad
ad
ad