१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २५ शुक्रबार
  • Monday, 01 July, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २५ शुक्रबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन नेपाललाई ओलीको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २५ शुक्रबार १६:४o:oo

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्। ओलीले पार्टी एकीकरणको वेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै यस्तो चेतावनी दिएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशनमा ओलीले २३ सिट पाउने हुती नभएको भन्दै नेपाललाई आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौती दिए। ‘५४ सिट दिइयो प्रचण्डलाई। तर, भष्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे। चारवटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन ! माधव नेपाल २२–२३ सिट ल्याउने हुती भएको मानिस हो ? उनको नेतृत्वमा अब तीन सिट ल्याएर देखाउन् त ? त्यो हुती भएका मान्छे हुन् ?’ ओलीले भने।

 

ad
ad
ad
ad