१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २५ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २५ शुक्रबार ११:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतगणना नसकिँदै बार अध्यक्षमा घिमिरेको जित निश्चित, औपचारिक घोषणा हुन बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २५ शुक्रबार ११:४५:oo

कानुन व्यवसायीहरूको सर्वोच्च संस्था नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहँदै गठबन्धनका तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको जित निश्चित भएको छ। करिब एक हजार पाँच सय मतगणना बाँकी रहँदै घिमिरेको जित निश्चित भएको हो। 

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व घिमिरेले गरेका छन्।

निर्वाचन समितिका अनुसार बिहीबारसम्मको मतपरिणामअनुसार अध्यक्षमा घिमिरेले तीन हजार सात सय २८ मत प्राप्त गरेका छन्। वरिष्ठ अधिवक्ता अधिकारीले एक हजार नाै सय ७७ मत प्राप्त गरेका छन्। त्यस्तै, महासचिवतर्फ पनि घिमिरेको प्यानलबाट अधिवक्ता अन्जिता खनालको अग्रता कायमै छ। उनले  तीन हजार एक सय ७५ मत प्राप्त गरेकी छिन् भने अधिकारीको प्यानलबाट अधिवक्ता केदारप्रसाद कोइरालाले दुई हजार तीन सय ४५ मत प्राप्त गरेका छन्।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात सय आठ अधिवक्ता मतदाता रहेका थिए। निर्वाचनका क्रममा सात हजार चार सय २९ मत मात्र खसेको थियो। मतगणना जारी रहेको छ।

परिणामअनुसार कार्यसमितिका अन्य पदमा पनि घिमिरे नेतृत्वको प्यानलकै अग्रता देखिएको छ।